Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षलाई पक्राउ गर्ने खापुङ 'पुलिस अफ द मन्थ'

जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षलाई पक्राउ गर्ने खापुङ 'पुलिस अफ द मन्थ'

बिहिवार , आश्विन १०, २०८१

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जुवाको खालबाट गाउँपालिका पूर्वअध्यक्षलाई पक्राउ गर्ने प्रहरी जवानलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

पूर्ववडाध्यक्षलाई पक्राउ गरेका टीकाराम खापुङ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुवा खालबाट ग्रामथानकै पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले नियन्त्रण लिएको थियो ।

प्रहरीले जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५०० रुपैयाँसमेत बरामद गरेको थियो । खापुङले यस प्रकरणको सूक्ष्म रूपमा सूचना संकलन गरेको जनाइएको छ ।

यस्तै भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका १३ स्थित कोशी लोकमार्गमा हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरिएको थियो । अन्य घटनामा पनि खापुङले नै सूचना संकलन गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077