Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

जबरजस्ती करणी र ठगी तथा सङ्गठित अपराध मुद्दामा परार रहेका उनीहरुलाई इन्टरपोलको समन्वयमा दुबईबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा ठगी सम्बन्धी मुद्दाका भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । रोमन कार्की भने जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन्।

अनुसन्धानको क्रममा उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको खुलेको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

इन्टरपोलको समन्वय पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि आज नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077