Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गरिब-निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ: राष्ट्रपति पौडेल

गरिब-निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ: राष्ट्रपति पौडेल

बिहिवार , आश्विन १०, २०८१

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

उनले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको स्मरण गरे।

राष्ट्रपति पौडेलले भने,‘स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको विदितै छ। यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो।’

उनले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्रका रुपमा विकास हुनु लागेकोमा खुसी व्यक्त गरे।

उनले यसबाट उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077