Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : पर्यटनमन्त्री पाण्डे

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : पर्यटनमन्त्री पाण्डे

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन्।

एटिसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

पर्यटनमन्त्री पाण्डेले भने,'कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्छु।'

उनले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक संरचना बनाउने समेत विश्वास व्यक्त गरे।

पर्यटनमन्त्री पाण्डेले एकेडेमीलाई जग्गा अपुग भएको बताउँदै सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरि पहल गर्ने दावी गरे।

पर्यटनमन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077