Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विपद् न्यूनीकरण प्राधिकरणले भन्यो - शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउनू

विपद् न्यूनीकरण प्राधिकरणले भन्यो - शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउनू

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील गरेको छ ।

मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिनसक्ने भन्दै प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन अपील गरेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।

रातको समयमा यात्रा गर्दा पहिलो र बाढीको आँकलन गर्न कठिन हुने भएकाले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077