Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद खारेजीको माग गरिएको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो ।

सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चार जनाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाशको पत्र पाएका २१ प्रहरी अधिकृतले नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो ।

यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो । सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरु अवकास भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077