Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ्बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बेइजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको हो । भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिएका थिए ।

उनले नेपालको आवश्यकता र विशेषताअनुरूप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे ।

उनले पूर्वाधार विकास, गरिबी निवारणलगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे ।

चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077