Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

५० लाख असुलीमा संलग्न काठमाडौं परिसरका दुई प्रहरी पक्राउ

५० लाख असुलीमा संलग्न काठमाडौं परिसरका दुई प्रहरी पक्राउ

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन् ।

हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ ।

गत १४ भदौमा उनीहरुले क्यानडा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरेका थिए । दुई दिन थुनामा राखेपछि संलग्नता देखिएको भन्दै छाडिएको थियो ।

यसबीचमा बिचौलिया तेजबहादुर तामाङले ५० लाख रुपैयाँ लिएका थिए । हवल्दार खड्कासँगै मिलेर उनले सो पैसा असुलेको छानविनले पुष्टि गरेको छ ।

एसपी प्रजित केसी नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा दुई प्रहरीविरुद्ध आपराधिक लाभ मुद्दामा कारबाही अघि बढेको हो ।

बिचौलिया तामाङ भने फरार छन् । तामाङले आचार्यलाई नेपाल बोलाएर पक्राउ गराएका थिए ।

यो घटनामा परिसरका इन्सपेक्टर प्रतीक सिंहलाई मातहतका प्रहरीलाई राम्रोसँग कमाण्ड र नियमन गर्न नसकेको भन्दै सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077