Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

शुक्रवार , आश्विन ११, २०८१

धनगढी । कैलाली प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका-२ बस्ने १९ सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले ६ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077