Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्।

आज बसेको न्याय परिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो।

सेवानिवृत्त हुना एक सातामात्रै बाँकी रहँदा न्याय परिषद्को बैठकमार्फत प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका दुई जना मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

न्याय परिषद्‍को सचिवालयमा बैठक बसिरहँदा बाहिर भने वकिलहरूले विरोध जनाएका थिए ।

विरोधबीच न्यायाधीश नियुक्त गरीएको हो । प्रधानन्यायाधीश श्रेष्ठ असोज २० मा अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077