Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता

दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता

शुक्रवार , आश्विन ११, २०८१

बैतडी । दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।

भारतको पिथौरागढबाट काम गरेर दसैंका लागि घर फर्किने क्रममा शुक्रबार बिहान ११ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भारतबाट घर फर्किरहेका धामी दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेका थिए ।

झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने स्थानमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए। नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077