Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर भारतबाट पक्राउ परेका छन् ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ परेका हुन् ।

मेयर नेपाली सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका थिए ।

उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

मेयर नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी फरार रहेका थिए ।

उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077