Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भरिन लाग्यो कुलेखानी बाँध, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरिन लाग्यो कुलेखानी बाँध, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

शुक्रवार , आश्विन ११, २०८१

मकवानपुर । गृह मन्त्रालयले मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिने चरणमा पुगेको हो । अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको छ ।

कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

कुलेखानीको पानी कुलेखानी र सिस्मेरी खोला हुँदै बाग्मती खोला भएर बग्छ ।

मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बाग्मती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077