Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरण : १० अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश

६० किलो सुन तस्करी प्रकरण : १० अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि उनीहरुलाई थुनामा पठाएको थियो ।

तर सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । धरौटीमा रिहा हुनेमा कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ र शिवकुमार सर्राफ छन् ।

सर्वोच्चको पेसी सूचीको कैफियतमा अभियुक्तहरूको तल्ला तहका ‘आदेश बदर, धरौटी माग गर्ने’ जनाउ गरिएको छ । सर्वोच्चका प्रवक्ता अचुतप्रसाद कोइकेलले आदेश नआइसकेकाले धरौटी रकम यकिन भइनसकेको बताए ।

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० असोज १ गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077