Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आईजीपी कुँवर 'अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्स'मा सहभागी

आईजीपी कुँवर 'अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्स'मा सहभागी

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर ग्रीसको एथेन्समा आयोजनामा भएको ३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी भएका छन् ।

मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएको सो कन्फरेन्समा आईजीपी कुँवर सहभागी भएका हुन् ।

साथै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्य पनि सहभागी थिए । उनीहरु दुवैजना असोज ७ गते ग्रीस प्रस्थान गरेका थिए ।

यता आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077