Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

खराब मौसमका कारण सबै आन्तरिक उडान रद्द गर्ने प्राधिकरणको निर्णय

खराब मौसमका कारण सबै आन्तरिक उडान रद्द गर्ने प्राधिकरणको निर्णय

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडानलाई रद्द गरेको छ ।

खराब मौसमका कारण देखाउँदै सबै आन्तरिक उडानलाई रद्द गरिएको हो ।

खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि शनिबार मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

शनिबार पनि मौसममा सुधार आएमा मात्रै उडान सुचारु हुने बताइएको छ ।

शुक्रबार बिहानैदेखि परेको भारी वर्षाका कारण दिनभर आन्तरिक उडान प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077