Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीमा एसपी बिष्टको सक्रियता: समाते ४५८ फरार प्रतिवादी, भए अदालतबाट सम्मानित !

कैलालीमा एसपी बिष्टको सक्रियता: समाते ४५८ फरार प्रतिवादी, भए अदालतबाट सम्मानित !

शुक्रवार , आश्विन ११, २०८१

कैलाली । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्ट सम्मानित भएका छन् ।

फरार प्रतिवादी पक्राउ गरेर कैद र जरिवाना असुलीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एसपी बिष्ट जिल्ला अदालत कैलालीले सम्मान गरेको हो ।

शुक्रबार जिल्ला अदालतमा बसेको न्याय क्षेत्र समन्वय बैठकमा प्रहरी प्रमुख बिष्टलाई सम्मान गरिएको बताइएको छ । जिल्ला अदालतका प्रमुख न्यायाधिश दण्डपाणी पाण्डेले एसपी बिष्टलाई प्रशंसा पत्रसहित सम्मान गरे ।

गत वर्षको फागुनमा एसपी बिष्टले कैलाली प्रहरीको कमाण्ड सम्हालेका थिए । एसपी बिष्टले कमाण्ड सम्हालेको एक महिनामै एक सय भन्दा बढी फरार प्रतिवादी समातेका थिए ।

हालसम्म उनको नेतृत्वमा प्रहरीले जिल्लाभरबाट ४५८ जना फरार प्रतिवादी पक्राउ गरिसकेको छ । जसअनुसार १७४ वर्ष ८ महिना कैद र ६५ लाख ३६ हजार ५५८ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को फैसलाबाट लागेको कैद जरिवानाको लगत उल्लेखनीय रुपमा असुल गरेर फैसला कार्यान्वयनमा प्रशंसनीय काम गरेकाले एसपी बिष्टलाई सम्मान गरिएको अदालतले जनाएको छ ।

साथै एसपी बिष्ट केही दिन अगाडी पनि रहस्यमय हत्याको सफल अनुसन्धान गरेको भन्दै सम्मानित भएका थिए । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077