Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौं उपत्यकामा बाढी पहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं उपत्यकामा बाढी पहिरोमा परी २१ जनाको मृत्यु

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । बाढी पहिरोका कारण शनिबारसम्म काठमाडौंमा ९ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण काठमाडौंका विभिन्न ठाउँहरुमा ९ जनाको मृत्यु भएको हो ।

शनिबार १२ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

त्यसैगरी २२६ घर डुबानमा परेका छन्। काठमाडौंमा मात्रै उद्दारका लागि ३ हजार ६० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै, प्रहरीका अनुसार काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् ।

प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।

ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए । तर, केही तल तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरेका छन् ।

ललितपुर प्रहरीका अनुसार, उनीहरुलाई उद्दार गरेर प्रहरी प्रभाग भैंसेपाटीको गाडीमा पाटन अस्पताल पुर्याइएको छ । भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् ।

भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित भएको छ।

काठमाडौंबाट विपद् व्यवस्थापन महाशाखा सामाखुशीबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको टोली पनि परिचालित छ।

त्यस्तै ललितपुरमा पनि प्रहरी निरीक्षकको कमाण्डमा सामाखुशीबाट २५ जनाको टोली परिचालित छ ।

ललितपुरमा प्रहरीको विशेष सुरक्षा गण त्रिपुरेश्वरबाट पनि ३० जना खटएका छन् । भक्तपुरमा सामाखुशीबाट १५ जनाको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077