Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विपद् उद्धारमा नेपाल प्रहरीको सक्रियता (फोटोफिचर)

विपद् उद्धारमा नेपाल प्रहरीको सक्रियता (फोटोफिचर)

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । लगातार वर्षाको कारण काठमाडौं उपत्यकाका नदी खोला किनाराका बस्तीमा पानी पसेर डुबान भएको छ।

डुबानसँगै नेपाल प्रहरीको टोलीले विभिन्न ठाउँबाट मानिसहरूको उद्धार गरिरहेको छ ।

नेपाल प्रहरीका विपद व्यवस्थापन कार्यालय, सशस्त्र प्रहरीका उपत्यकासहित विभिन्न ठाउँका युनिटहरू वाटर बोटसहित सबै सामग्रीले उद्धारको प्रयास गरिरहेका छन्।

यता गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

उनले आज बिहानको बैठकमा मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए।

तस्बिर नेपाल प्रहरी :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077