Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

शनिवार , आश्विन १२, २०८१

धादिङ । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खोलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ।

आज बिहान बुटवलबाट काठमार्डाँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए। ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए।

बसमा चालकसहित १२ जना रहेको बताइएको छ। ‘बस मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ। अहिलेसम्म यात्रुहरू कोही पनि सम्पर्कमा छैनन्’, उनले भने।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077