Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - भारी वर्षाको जोखिम कायम छ, भोलीसम्म सतर्कता अपनाउनू

गृह मन्त्रालयले भन्यो - भारी वर्षाको जोखिम कायम छ, भोलीसम्म सतर्कता अपनाउनू

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । सरकारले आइतवारसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले शनिवार साँझ विज्ञप्ति निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । जल तथा मौसम विभागले आइतवारसम्म भारी वर्षाको चेतावनी दिएको छ ।

विपद्का घटना घटेमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

आश्विन १३ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान भएको हुनाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जोखिमयुक्त अवस्थामा रहेकालाई सुरक्षित स्थानमा जान, सम्भावित जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग र समन्वय गर्न, विपद्को घटना घटेमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077