Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पर्यटनमन्त्री पाण्डेको निर्देशन - अलपत्र परेका पर्यटकहरूको उद्धार गर्नू

पर्यटनमन्त्री पाण्डेको निर्देशन - अलपत्र परेका पर्यटकहरूको उद्धार गर्नू

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन दिएका छन् ।

शनिबार मन्त्री पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकमार्फत उक्त निर्देशन दिएका हुन्।

मन्त्री पाण्डेको संयोजकत्वमा बसेको बैठकले विभिन्न ९ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो।

अलपत्र पर्यटकहरूलाई तत्काल उद्धार गर्नका लागि उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने, आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने, हेलिकोप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने, वायुसेवा कम्पनीका हेलिकोप्टरहरू र र्‍याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरणहरूलाई अधिकतम परिचालन गर्ने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077