Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बाढीपहिरोका कारण ८७ जनाको मृत्यु, ७२ बेपत्ता

बाढीपहिरोका कारण ८७ जनाको मृत्यु, ७२ बेपत्ता

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । बाढीपहिरो र डुबानबाट शनिबार राति साढे ८ बजेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार ८७ जनाको मृत्यु पुष्टि भएको हो । अन्य ३६ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको बताइएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो।

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाडौं उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन्।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ। त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन्। यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । साथै उद्धार कार्यका लागि सशस्त्रबाट १० हजार ५४० जना जनशक्ति परिचालिन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077