Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077