Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० पुग्यो, ६७ जना बेपत्ता

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० पुग्यो, ६७ जना बेपत्ता

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ६७ जना बेपत्ता भएका छन् भने कम्तीमा एक सय जना घाइते छन् ।

ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँचरपाँच जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुईरदुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एकरएक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ ।

प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077