Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले गरे सर्वदलीय बैठक स्थगित

माओवादी अध्यक्ष प्रचण्डले गरे सर्वदलीय बैठक स्थगित

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक स्थगित गरेका छन्।

अध्यक्ष प्रचण्डले आइतबार बिहान १० बजे आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरेका हुन् ।

उनले शनिबार बेलुका सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठक आइतबार बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा तय गरिएको थियो।

तर स्थगित गरिएको सूचना उनको सचिवालयले जारी गरेको छ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आह्वान गरेका थिए ।

सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको भएपनि सरकारले सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077