Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विपत्तिको समयमा सहयोग गर्न एयरलाइन्स कम्पनीलाई प्रधानमन्त्री ओलीको आग्रह

विपत्तिको समयमा सहयोग गर्न एयरलाइन्स कम्पनीलाई प्रधानमन्त्री ओलीको आग्रह

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा भाडा लिएर सहयोग गर्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै उक्त आग्रह गरेका हुन् ।

हवाई भाडा अरु बेलाभन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरे ।

प्रधानमन्त्री ओलीले लेखेका छन्,'लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरु बेलाभन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।’

प्रधानमन्त्री ओलीले सरकारले पनि हवाई यात्रुका लागि र उद्धार उडानका लागि विशेष निर्णय गरेको जानकारी दिए।

नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको प्रधानमन्त्री ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077