Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

तत्काल उद्धार र पुनर्स्थापनामा जुट्ने सर्वदलीय बैठकको निर्णय

तत्काल उद्धार र पुनर्स्थापनामा जुट्ने सर्वदलीय बैठकको निर्णय

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार गरेर उचित राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको उद्धार तथा राहतबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

मुख्य राजमार्ग अवरुद्ध भएकाले आवागमन बन्द भएकाले तत्काल सबै संयन्त्र परिचालन गरी सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिने निर्णय गरिएको छ ।

यसैगरी राजमार्ग, सडकमा भएको क्षति, विद्युत गृह, सञ्चारको क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।

बिरामीलाई औषधि उपचार गर्ने र तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077