Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बाढीपहिरोमा परेर अहिलेसम्म १४८ को मृत्यु , ५५ जना अझै बेपत्ता

बाढीपहिरोमा परेर अहिलेसम्म १४८ को मृत्यु , ५५ जना अझै बेपत्ता

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परेर अहिलेसम्म १४८ जनाको मृत्यु भएको छ ।

गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको हो ।

विपद्‍मा परेर बागमती प्रदेशमा ८६, काठमाडौं उपत्यकामा मात्रै ४३, कोशी प्रदेशमा १६ र मधेश प्रदेशमा ३ गरेर १४८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विपद्‍मा परेर बागमती प्रदेशमा ६८, काठमाडौं उपत्यकामा १८, मधेश प्रदेशमा ९, कोशीमा ६ गरेर १०१ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा २ हजार १५५, गण्डकी प्रदेशमा ९९७, बागमतीमा ३८४, कोशीमा ९० र मधेशमा ३५ गरेर ३ हजार ६६१ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी ५५ जना बेपत्ता रहेको र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उद्धारको क्रममा १०१ जना घाइते समेत छन्।

विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ। त्यसैगरी मुख्य राजमार्गहरू पनि अझै अवरूद्ध कै अवस्थामा छन्।

काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध छ। त्यहाँबाट मात्रै दुई दिनमा ३५ जनाको शव फेला परेको हो। त्यहाँ चार वटा गाडी पहिरोमा पुरिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077