Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन गरिँदै, डीआईजी भन्छन् - चाडपर्व ढुक्कका साथ मनाउनू

सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन गरिँदै, डीआईजी भन्छन् - चाडपर्व ढुक्कका साथ मनाउनू

आइतवार , आश्विन १३, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेशका ९ वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ११ हजार प्रहरी परिचालन गरिन लागिएको हो ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउँदै हाल सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने जानकारी दिए ।

यहाँ सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरेका छन् । डीआईजी केसीले कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएको बताए ।

दशै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ । प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको डीआईजी केसीले जानकारी दिए ।

नेपाल–भारतको सीमा क्षेत्रदेखि ग्रामीण वस्तीका नागरिकको घर–दैलोसम्मै सुरक्षा दिने प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख केसीले चाडपर्व ढुक्कका साथ मनाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077