Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

'सिधा कुरा' का पत्रकार कँडेल र ढुंगानालाई तीन महिना जेल सजाय

'सिधा कुरा' का पत्रकार कँडेल र ढुंगानालाई तीन महिना जेल सजाय

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ ।

सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार सो फैसला गरेको हो ।

विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकिएको छ भने सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई ३ महिना कैद सजाय तोकिएको छ ।

यद्यपि, लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिन मात्र कैद बस्नुपर्नेछ। उनीहरूलाइ जनही ५ हजार रूपैयाँ जरिवाना पनि तोकिएको छ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077