Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

'समाचारको धर्मबाट कहिल्यै बिचलित हुने छैनौं' भन्दै जेल गए सिधाकुराका पत्रकार

'समाचारको धर्मबाट कहिल्यै बिचलित हुने छैनौं' भन्दै जेल गए सिधाकुराका पत्रकार

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । अदालतको अवहेलना गरेको ठहर भएसँगै पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरु आफै अदालतको फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवलमा उपस्थित भएका हुन् ।

आइतबार सर्वोच्चको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जानकारी दिए ।

उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ।’

यस्तै उनले जेलबाट छुटेसँगै फेरि सञ्चारकर्ममै रहने र बिचलित नहुने बताए । उनीहरुले सिधाकुरा नामक अनलाइनमार्फत एक अडियो सामग्री प्रकाशन गर्दा अदालतको अवहेलना ठहर भएको हो ।

सिधा कुराका सम्पादक कँडेल र ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको हो । कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ।

साथै अडियो रेकर्ड गरेका भनिएका राजकुमार तिमल्सिनालाई ६ महिना कैद तोकिएको छ । अदालतको सो फैसलाको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077