Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पत्रकार जेल चलान भएपछि समाजवादी प्रेस संगठनका अध्यक्षले भने - अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भयो

पत्रकार जेल चलान भएपछि समाजवादी प्रेस संगठनका अध्यक्षले भने - अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भयो

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदीले सर्वोच्च अदालतको ‘सिधा कुरा’विरुद्धको फैसलाप्रति आपत्ती जनाएका छन् ।

आइतबार सर्वोच्चले फैसला सार्वजनिक गरेलगत्तै नेकपा (एकीकृत समाजवादी) निकट संगठनका अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमार्फत आपत्ती व्यक्त गरेका हुन् ।

उनले सर्वोच्च अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भएको बताए । उनले लेखेका छन् 'समाचार लेख्ने पत्रकार (फेक अडियो बनाउने मान्छेबाहेक) लाई जेल पठाउने निर्णय आपत्तिजनक छ । सर्वोच्च अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भयो ।'

सर्वोच्च अदालतले ‘सिधा कुरा’ अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानी भएको ठहर गर्दै सिधा कुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाउने फसला गरेको हो ।

साथै अडियो रेकर्ड गरेका भनिएका राजकुमार तिमल्सिनालाई ६ महिना कैद तोकिएको छ । यो फैसलाको अहिले आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077