Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बाढीपहिरो प्रभावित दुई जिल्लाका सीडीओ गृह मन्त्रालय तानिए

बाढीपहिरो प्रभावित दुई जिल्लाका सीडीओ गृह मन्त्रालय तानिए

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको हो ।

उनीहरूलाई मन्त्रालयमै काम गर्नेगरी सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाइएको छ।

तीन दिन परेको अविरल वर्षाले काभ्रे र धादिङमा सबैभन्दा धेरै क्षति गरेको थियो ।

क्षति न्यूनीकरणमा भूमिका नखेलेको भन्दै उनीहरू सरुवा गरिएको गृह मन्त्रालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077