Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बाढीपहिरोमा बेपत्ता भएकाहरु १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको निर्णय

बाढीपहिरोमा बेपत्ता भएकाहरु १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको निर्णय

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले विपद्‌मा परी बेपत्ता भएका व्यक्ति १० दिनभित्र फेला नपरे परिवारलाई मृतकसरह राहत दिने निर्णय गरेको छ ।

समितिको सोमबार बिहान बसेको बैठकबाट गएको असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार बेपत्ता व्यक्तिका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरिएको हो।

विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय पनि गरिएको छ ।

मौसमजन्य विपद् प्रभावितका निम्ति राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु सुरु गर्ने निर्णय समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। विपद्‌मा घरबास गुमाएका पहिचान गरी सात दिनभित्र लाभग्राही सूची तयार गरिनेछ ।

थप तीन दिनभित्र अस्थायी आवास निर्माणका निम्ति पहिलो किस्ता रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

राजमार्गमा अलपत्र यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न, अवरुद्ध सडकखण्ड यथाशीघ्र सञ्चालन गर्ने व्यवस्थाका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय गरिएको छ ।

सडक, खानेपानीलगायत पूर्वाधारको अवरोध खुलाउन सम्बन्धित निकायबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने पनि निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077