Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अखिल क्रान्तिकारीको सम्मेलनमा तोडफोड, पूर्वमुख्यमन्त्री महराका छोराले गरे खुकुरी प्रदर्शन

अखिल क्रान्तिकारीको सम्मेलनमा तोडफोड, पूर्वमुख्यमन्त्री महराका छोराले गरे खुकुरी प्रदर्शन

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा विवाद भएको छ।

उमेर हदको विरोध गर्दै सम्मेलनस्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल भएको हो।

निवर्तमान उपाध्यक्ष टुकमान महराले खुकुरीसहित प्रदर्शन गरेपछि विवाद झन बढेको छ ।

टुकमान लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।

सम्मेलनस्थलमा प्रतिनिधिहरूले कुर्सीसमेत फालाफाल गरेका छन्।

काठमाडौंको कीर्तिपुरमा अखिल क्रान्तिकारीको २३ औं सम्मेलन चलेको छ।

उक्त सम्मेलनमा आज उमेर हदबारे मतदानबाट टुंगो लगाउने तयारी भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077