Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सडक खुलेसँगै काठमाडौं भित्रिए १८ सय सवारीसाधन, बसपार्कबाट छुट्न थाले लामो दुरीका गाडी

सडक खुलेसँगै काठमाडौं भित्रिए १८ सय सवारीसाधन, बसपार्कबाट छुट्न थाले लामो दुरीका गाडी

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारीसाधन उपत्यका भित्रिएका छन् ।

आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाण्डौं भित्रिएका हुन् ।

त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् । नयाँ बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् ।

मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।

त्यसैगरी सोमबार दिउँसो गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत गृहमन्त्री रमेश लेखकले डाकेका थिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।

धादिङको झ्याप्ले खोलामा शनिबार राति गएको पहिरोले सडक अवरूद्ध थियो।

पहिरो आउनसक्ने पूर्वानुमानपछि रातिको समयमा लामो दुरीको यात्रा गर्न पनि रोक लगाइएको थियो।

झ्याप्ले खोलामा पहिरो पन्छ्याएसँगै सडक सञ्चालनमा आउन थालेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077