Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उच्च पदस्थ कर्मचारीहरुले ५ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने

उच्च पदस्थ कर्मचारीहरुले ५ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नेपाल सरकारका सचिवहरुले बाढीपहिरोबाट प्रभावित घर परिवारलाई राहत दिन ५ दिन बराबरको तलब दिने भएका छन्।

मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको बैठकले बाढी पहिरोबाट प्रभावित घर परिवारहरूलाई राहत वितरणका लागि विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले बाटोमा अलपत्र परेका यात्रुहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा गन्तव्यमा पुर्‍याउने, विपद् पीडितलाई प्रदेश र स्थानीय तह मार्फत अस्थायी आवास निर्माण र खाद्यान्नका लागि राहत दिने निर्णय गरेको छ ।

त्यस्तै बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग यथाशीर्घ खुलाई आवागमन सहज बनाउन भौतिक पूर्वाधार मन्त्रालयले काम गर्ने र नेपाली सेनाको प्राविधिक सहयोगमा आवश्यक ठाउँमा बेलिब्रिज राख्ने निर्णय पनि सचिव बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077