Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

वीपी राजमार्ग तत्काल खुलाउन असम्भव, ४ किलोमिटर सडक क्षतिग्रस्त

वीपी राजमार्ग तत्काल खुलाउन असम्भव, ४ किलोमिटर सडक क्षतिग्रस्त

सोमवार , आश्विन १४, २०८१

काठमाडौं। वीपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा चार किलोमिटर सडकमा बाढी पहिरोले क्षति पुर्‍याएको छ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि मान्तीखोलासम्मको ५२ किलोमिटर सडकमध्ये चार किलोमिटर सडक क्षतिग्रस्त भएको हो ।

हाल धुलिखेलदेखि काभ्रेभन्जाङसम्म मात्र सडक चलेको छ । धुलिखेलदेखि भकुण्डेबेशीसम्मको सडकको पहिरो पन्छाएर आज साँझसम्म सुचारु गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेभञ्ज्याङदेखि कटुन्जेबेशीसम्म पहिरोका कारण सात सय ५० मिटर सडक अवरुद्ध भएको छ ।

रोशीपुलदेखि मंगलटारसम्म एक हजार सात सय मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ ।

त्यस्तै, मंगलटारदेखि मान्तीखोलासम्म ११ किलोमिटर सकडमध्ये एक हजार चार सय मिटर सडक अवरुद्ध छ ।

रोशीदेखि मान्तीखोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल पुननिर्माण हुने सम्भावना कम छ ।

दशैंसम्म पनि सडक सुचारु हुन कठिन छ । खोला आसपास सञ्चालन गरिएका मापदण्डविपरीतका खानी र क्रसरका कारण बाढीले ठूलो क्षति पुर्याएको स्थानीयको आरोप छ । जिल्लाका नेताहरूले नै ती क्रसर चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077