Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

डिआइजी पोखरेलको अवकाशसँगै नेपाल प्रहरीमा डिआइजीका पाँच पद रिक्त

डिआइजी पोखरेलको अवकाशसँगै नेपाल प्रहरीमा डिआइजीका पाँच पद रिक्त

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नेपाल प्रहरीका डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन् ।

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सोमबार उनको बिदाई गरेका छन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे ।

यद्यपी पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए ।

सोही कारण दुई साताअघि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो ।

२०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश पाएका हुन् ।

उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएका छन् ।

असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077