Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी सांसदले राहत कोषमा १० दिनको पारिश्रमिक दिने

माओवादी सांसदले राहत कोषमा १० दिनको पारिश्रमिक दिने

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।

पार्टीको बैंक खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो ।

पदाधिकारी बैठकको निर्णयानुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ ।

केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले दशरदश दिनको पारिश्रमिक जम्मा गर्नेछन् ।

पालिकाका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077