Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार साँझ ७ बजेसम्म २०९ जनाको मृत्यु भएको जानकारी गराएको हो ।

बाढी पहिरोमा परी २९ जना बेपत्ता भएका छन् भने १४२ जना घाइते भएका छन्।

त्यस्तै सेनाको हेलिकोप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी र अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको छ।

सरकारले अवरुद्ध सडक, विद्युत, टेलिफोनलगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077