Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश निरौला र पाण्डेयविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश निरौला र पाण्डेयविरुद्ध उजुरी आह्वान

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेयका लागि उजुरी आह्वान गरेको हो।

सिफारिस गरिएका निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डेय उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश हुन् ।

न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय वा सचिवालयमा उजुरी दिन सक्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077