Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाढीपहिरो प्रभावितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

बाढीपहिरो प्रभावितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले बाढीपहिरो प्रभावितलाई उद्धार र राहतका लागि एक महिनाको तलब उपलब्ध गराउने भएका छन्।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एक महिना बराबरको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने निर्णय भएको हो।

बाढीपहिरो प्रभावितलाई राहत र उद्धारका लागि मन्त्रिपरिषदका सबै सदस्यहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताए ।

गत बिहीबारदेखि शनिबारसम्म परेको वर्षाका कारण मंगलबार बिहानसम्म २१९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077