Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिस टिन नेपालमा २० जनाले भाग लिने

मिस टिन नेपालमा २० जनाले भाग लिने

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।

आयोजक काठमाडौं जेसिजले राजधानीमा पत्रकार सम्मेलन गर्दै १९औँ संस्करणको यो प्रतियोगिताका निम्ति तीन चरणको अडिसनबाट २० प्रतियोगी छनोट भएका जानकारी गराएको हो ।

मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीलाई छनोट गरिएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् ।

प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने अध्यक्ष खड्काले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077