Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाढीपहिरोबाट देशभर १७ अर्बको क्षति

बाढीपहिरोबाट देशभर १७ अर्बको क्षति

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले बाढीपहिरोबाट १७ अर्बको क्षति भएको बताएका हुन् ।

उनले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको बताए। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उनले बताए।

बाढीपहिरोबाट २२४ जनाको मृत्यु, २४ जना बेपत्ता रहेको बताए। विपद्मा परी १ सय ५८ जना घाइते भएको र सरकारले चार हजार ३ सय ३१ जनाको उद्धार गरेको बताए ।

विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको मुख्यसचिव अर्यालको भनाई छ । भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोडको क्षति पुर्‍याएको उनले बताए।

सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब रुपैयाँको नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए।

सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको उनले बताए। ऊर्जातर्फ १६ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077