Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन आदेश

ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन आदेश

मंगलवार , आश्विन १५, २०८१

बाग्लुङ । इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश भएको छ ।

बागलुङ जिल्ला अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

आइतबारदेखि जारी बयान सकिएपछि मंगलबार भएको सुनुवाइका क्रममा फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई थुनामा पठाउने आदेश भएको हो ।

इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो। मेयर देवकुमारले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077