Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

११ महिना अघि रोजगारी गर्न हङकङ गएका वडाध्यक्षले दिए राजीनामा

११ महिना अघि रोजगारी गर्न हङकङ गएका वडाध्यक्षले दिए राजीनामा

मंगलवार , आश्विन १५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् ।

११ महिनादेखि हङकङमा रहेका उनले गाउँपालिका अध्यक्ष मार्फत जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई पत्र मार्फत जानकारी दिँदै राजीनामा दिएका हुन् ।

उनले शारीरिक अस्वस्थता र घरायसी कारणले विदेशबाट फर्कन नसक्ने जानकारी गराए ।

वैदेशिक रोजगारीको क्रममा बोखिम विगत ११ महिनादेखि हङकङमा छन् ।

अस्वस्थताका कारण तत्काल घर फर्कन नसक्ने अवस्थामा पुगेको भन्दै उनले यही असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077