Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश र राजदूतबारे छलफल हुने

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश र राजदूतबारे छलफल हुने

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ। जसका लागि राउतलाई पनि छलफलका लागि बैठकमा बोलाइएको छ ।

यस्तै राजदूतमा सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी परेको छ । सोबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077