Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल , के भयो कुराकानी ?

गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल , के भयो कुराकानी ?

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच छलफल भएको छ ।

उनीहरुबीच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउन छलफल भएको हो।

गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ÷संगठनका पदाधीकारीहरुबिच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

विपद्को स्थितीमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए।

अवरुद्ध यातायात सञ्चालदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भएको उनले बताए ।

गृहमन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्वन्धीत मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077